कांग्रेस सिराहा सभापतिमा रामचन्द्र यादव दोस्रोपटक पुन निर्वाचित



नेपाली कांग्रेस को १४ औ माहाअधिबेसन अन्तर्गत सिराहा जिल्लाको जिल्ला अधिबेसनबाट जिल्ला सभापति पदमा रामचन्द्र यादव दोस्रोपटक पुन निर्वाचित भएका छन्।

प्रतिस्पर्धी राम सुन्दर चौधरीलाई ५३९ मतले हराउँदै यादव जिल्ला सभापति निर्वाचित भएका हुन् ।

यादवले १४२६ र चौधरीले ८८७ मत पाएका छन् भन्ने १६० मत बदर भएको छ ।

प्रकाशित मिति : फाल्गुन २४, २०७८ मंगलबार  ६ : ५६ बजे