महानगर र उपमहानगरमा केन्द्र तहबाटै तालमेल –प्रचण्ड



माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा सत्ता साझेदार दलका बीचमा केन्द्र तहबाट नै तालमेल हुने बताएका छन्।बुधबार चितवन पुगेका उनले पत्रकारहरुसँग कुराकानीमा तालमेल सत्ता साझेदार दलका बीचमा नै हुने जानकारी दिएका हुन्।

आजै प्रचण्डले राप्ती नगरपालिकास्थित नेपाल विद्युत् प्रधिकरणको पुर्वी चितवन सबस्टेशन उद्घाटन गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश लोडसेडिङमुक्त भइसकेकाले अब विद्युत्बाट यातायात, कृषि, सिँचाइ, शिक्षासहितका क्षेत्रमा आमूल परिवर्तनको अवस्थामा आइपुगेको बताए ।

देश र जनतालाई समृद्धतर्फ लैजान विद्युत्बाट गर्नुपर्ने बताएका उनले चितवनलाई शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्ने बताए ।कृषिमा उत्पादन वृद्धि गर्ने, शिक्षा र स्वास्थ्यको हब बनाउनु पर्ने भन्दै उनले यसका लागि शक्तिखोर औद्योगिक क्षेत्र स्थापना गरेर रोजगारी सृजना गर्ने बताए ।

प्रकाशित मिति : चैत्र १६, २०७८ बुधबार  २ : १३ बजे