वालुवाटारस्थित प्रधानमन्त्री निवासमा पाँच दलीय गठबन्धनको बैठकले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गर्ने निर्णय गरेको छ ।
तेस्तै बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण सफल रहेको निष्कर्ष निकालेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए ।
बैठकमा देशको अर्थतन्त्रको अवस्थाका बरेमा पनि छलफल भएको र सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसँग एक वृहत् अन्तरक्रियाको आयोजना गर्ने निर्णय भएको नेता नेपालले जानकारी दिए । ।










