नेपाल बारमा लोकतान्त्रिक गठबन्धनको प्यानल नै विजयी, एमाले भयो निल



नेपाल बारको २६औँ कार्यसमितिका लागि भएको चुनावमा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूह तर्फबाट अध्यक्ष गोपालकृष्ण घिमिरेको प्यानल नै विजयी भएको छ।

घिमिरे नेतृत्वको प्यानलले एमाले निकट कानुन व्यवसायी पिपिएलका विष्णुमणि अधिकारीको प्यानललाई नै पराजित गरेको छ।मतगणनाको औपचारिक परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको छ।

घिमिरेले मत गणना सुरुदेखिनै अग्रता बढाउदै लगेका थिए ।

मतगणनाको औपचारिक परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको छ।

प्रकाशित मिति : चैत्र २५, २०७८ शुक्रबार  ३ : ४४ बजे