नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावी तालमेलले लोकतन्त्रलाई लाभ नहुने बताएका छन् ।बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले स्थानीय तह निर्वाचनमा आफ्नो ठाउँ कसरी बनाउने भन्ने छलफल हुनुपर्नेमा तालमेलको विषयले प्राथमिकता पाएको बताए । तालमेलले कसैलाई पनि राम्रो नगर्ने उनको जिकिर छ ।
“स्थानीय कुरा भन्दा पनि गठबन्धनको विषयले चर्चा पाएको छ । संसदीय व्यवस्थामा दलहरूबीच तालमेल नहुने होइन । हामी जुन तालमेलको राजनीतिक संस्कृतितर्फ जाँदै छौँ, त्यसले नेपालको लोकतन्त्रको स्वास्थ्यलाई राम्रो गर्दैन । यसले हाम्रो पार्टीलाई मात्रै होइन, कसैलाई पनि राम्रो गर्र्दैन,” थापाले भने ।
उनले अहिले नेकपा ९एमाले०ले जसलाई भेट्छ, उसलाई जोडिरहेको आरोप लगाए । बुधबार मात्रै एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपाल तथा एमाले र नेपाल परिवार दलबीच चुनावी तालमेल गर्ने सहमति भएको थियो ।










