कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बस्दै



नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्दै छ ।कांग्रेसले उमेदवार छनोटका लागि सातजना सहमहामन्त्रीहरु प्रदेशमा पठाउने तयारिका बिच बैठक बस्न लागेको हो ।

कांग्रेसले उमेदवार छनोटका लागि सातजना सहमहामन्त्रीहरु प्रदेशमा पठाउने निर्णय गरिसकेको छ ।उनीहरूलाई प्रदेशमा उमेदवारको टुङ्गो लगाउने प्रयास गर्ने र प्रदेशबाट टुङ्गो नलागे वैशाख ९ गते साँझसम्म केन्द्रमा पठाउन भनिएको छ ।

प्रकाशित मिति : बैशाख २, २०७९ शुक्रबार  ७ : २० बजे