स्थानीय तहको निर्वाचनबारे प्रचण्डले आज पत्रकार सम्मेलन गर्दै



माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले स्थानीय तहको निर्वाचनबारे पत्रकार सम्मेलन गर्ने भएका छन् ।

सोमबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन हुने प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्डले पाँच दलीय गठबन्धनमा भइरहेको तालमेल लगायतका विषयमा जानकारी गराउने बताइएको छ ।

प्रकाशित मिति : बैशाख ५, २०७९ सोमबार  ९ : २७ बजे