काँग्रेस गलत बाटोमा गयो, निर्वाचनपछि लेखाजोखा गरौँला : शेखर कोइराला



नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले निर्बाचनमा काँग्रेसलाई कसैको बैसाखी जरुरी नभएको बताएका छन्।नेपाल विद्यार्थी सङ्घको स्थापना दिवसका अवसरमा बुधवार आयोजित कार्यक्रममा नेता कोइरालाले यस्तो बताएका हून् ।

“हामी अहिले किन कम्युनिष्टसँग मिल्न खोजेका छौँ । केन्द्रीय समिति विपरीत शीर्ष नेताले किन निर्णय गर्दै हुनुहुन्छ ?,” उनले भने, “के हामी कमजोर छौँ ।

उनले थप भने, ‘एक्लै लडे पनि हामी हाम्रो गन्तव्यमा पुग्न सक्छौँ भन्ने आत्मविश्वास छ। काँग्रेसलाई कसैको बैसाखी चाहिएको छैन, अहिले पनि ३४ प्रतिशत भोट हामीसँग छ । हामीले अर्को पार्टीको चिह्नमा भोट दिनुपर्ने भयो भन्नुभयो । यो अवस्था किन आयो ? त्यसको लेखाजोखा निर्वाचनपछि गरौँला ।”, ।

कोइरालाले काँग्रेसले संस्थापक नेताहरु बीपी, गणेशमान र किसुनजीको बाटो छोड्न थालेको भन्दै चिन्ता ब्यक्त गरे ।

 

 

प्रकाशित मिति : बैशाख ७, २०७९ बुधबार  ८ : २७ बजे