नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको प्रमुख पदका लागि पाँचजनाको नाम सिफारिस गरेको छ ।कांग्रेस काठमाडौं महानगर समितिले बिहीबार पाँचजनाको नाम सिफारिस गरेको हो।समितिले काठमाडौंमा मेयरको उम्मेदवारका लागि सिर्जना सिंहसहित निलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी श्रेष्ठ, सुशन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको हो ।
काठमाडौंको मेयरमा पाँचजनाको नाम सिफारिस भए पनि कांग्रेस नेतृ सिर्जना सिंहनै उम्मेदवार हुने कुरा पक्का जस्तै छ।नेतृ सिंह काठमाडौंमा मेयरको उम्मेदवार हुने कुरालाई कांग्रेस बृत्तले लगभग स्विकारि सकेको छ ।गठबन्धनमा आबद्द दलको तर्फबाट सिंह उम्मेदवार बन्दा जित्ने पक्का पक्की जस्तै रहेको काठमान्डौ कांग्रेसका नेताहरु बताउछन ।
कांग्रेसको भतृ संगठन नेबिसंघबाट राजनिती थालेर बिबाहपछी कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको परिवारसँग जोडिएकी सिंह काठमाडौं कांग्रेसका सबै गतिबिधिमा लामो समयदेखी प्रतयक्ष संलग्न छिन ।सिंह कांग्रेसको राजनितिसगैँ सामाजिक काममा उत्तिकै जोडिएकाले पनि उनलाइ चुनाब जित्न सजिलो हुने कांग्रेसका नेता कार्यकर्ताहरुको बुझाइ छ ।
सत्ता गठबन्धनले काठमाडौं महानगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का साझा उमेदवार उठाउने निर्णय गरिसकेको छ ।








