कांग्रेस नेता पौडेललाइ निर्वाचन अनुगमन, मुल्याकंन तथा सुपरिवेक्षणको जिम्मेवारी



नेपालि कांग्रेसले केन्द्रीय सदस्य प्रदिप पौडेललाइ निर्वाचन अनुगमन, मुल्याकंन तथा सुपरिवेक्षण उपसमिति संयोजकको जिम्मेवारी दिएको छ।

नेपाली कांग्रेसका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले पौडेललाइ उक्त जिम्मेवारी दिएको हो ।

पौडेल नेतृत्वको उपसमितिलाई आसन्न स्थानीय तह निर्वाचनको देशैभरि अनुगमन, मुल्याकंन तथा सुपरिवेक्षण गर्ने र प्रतिबेदन बुझाउने जिम्मेवारी दिइएको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : बैशाख ८, २०७९ बिहीबार  ९ : १५ बजे