कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै,आजै उमेदवार टुंगो लगाउने सम्भाबना



नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ ।

बैठक ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा बस्ने छ ।

केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुने बैठकमा स्थानीय तह निर्वाचन र उम्मेदवारी सम्बन्धमा छलफल हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेले बताएका छन् ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि यही वैशाख ११ र १२ गते उमेदवारी दर्ता गर्नु पर्ने भएकोले छिटै उमेदवार छान्नुपर्ने दबाबमा नेताहरु छन् ।

प्रकाशित मिति : बैशाख ९, २०७९ शुक्रबार  ७ : ५८ बजे