एमालेको चुनाबि घोषणापत्र सार्वजनिक



प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ ।एमालेले कम्युनिष्ट पार्टीको स्थापना दिबसका दिन घोषणापत्र सार्वजनिक गरिएको हो ।शुक्रबार ललितपुरको च्यासलस्थित मुख्यालयमा कार्यक्रमको आयोजना गर्दै घोषणा पत्र सार्वजनिक गरिएको हो ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि एमालेले केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको हो ।

एमालेले केन्द्रीय घोषणापत्रसँगै ७५३ वटै पालिकाको प्रतिबद्धता पत्र पनि सार्वजनिक भइरहेको छ । सबै पालिकाले आ-आफ्नो क्षेत्रमा स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गर्न लागेका हुन् ।

प्रकाशित मिति : बैशाख ९, २०७९ शुक्रबार  २ : ५१ बजे