नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी ओलीलाई लजिक नभई म्याजिक मन पर्ने उनले बताएका छन् । स्थानीय तह निर्वाचनमा जिल्ला सम्पर्क समितिहरूको भूमिका विषय अन्तरक्रिया कार्यक्रममा कांग्रेसको घोषणा पत्रमाथि ओलीले गरेको टिप्पणीको जवाफ दिदै थापाले यस्तो बताएका हुन् ।
आफूले बनाएको घोषणापत्रमा लजिकको कुरा भएको दाबी गर्दै थापाले भने, ‘तपाईको समृद्धिमा अहंकारको भ्युटावर छ । त्यो अहंकारको भ्युटावरबाट तल हेर्दा मान्छेहरू गान्टेमान्टे देखिन्छन् । हाम्रो समुन्नतिको आइडियामा तल भ्युटावरमुनि भएका गान्टेमान्टेहरूको जीवनको दुःख छ । त्यो दुःखलाई कसरी हल गर्ने भन्ने त्यसको समाधान छ ।
मेरो आइडियो चोर्यो भन्नुभएको छ । मलाई पनि अहिले दौडधूप छ । उहाँलाई पनि चुनाव लागेर दौडधूप चलिरहेको छ । अलिकति भ्याएको बेलामा म बालकोटै गएर ट्युसन पढाउनेछु । एउटा विषयमा त पढाउनै पर्ने भएको छ,’ उनले भने ।
थापाले ‘ओलीले मुख छाड्नु स्वाभाविक’ भएको भन्दै ‘सत्य बोले मात्र नौलो मान्नु र चासो राख्नुपर्ने’ बताए ।महामन्त्री थापाले झुटको पर्दाफास गरेकोमा सन्किएको बताए । ‘जसको मुखमा अंगार छ, उसले ओकल्ने कालैं हो । केपी ओलीले को कोलाई पागल भन्नुहुन्छ, केपी ओलीले झुट बोल्नुहन्छ, कोही आँट भएर तपाई झुट बोल्दै हुनुहुन्छ भन्नुभयो भने सनक्क सन्केर पागल भन्नुहुन्छ,’ थापाले भने ।
केपी ओलीलाई रिस उठ्यो भन्दैमा आफूले झुटको पर्दाफास गर्न नछोड्ने बताए । ‘अब केपी ओलीलाई रिस उठ्यो भनेर सत्य बोल्न छोड्नेवाला छैन्,’ उनले भने, ‘उहाँको झुटोलाई ठिक हो भन्ने पनि भएन, कालोलाई सेतो भन्ने कुरा पनि भएन ।’








