काठमाडौंको सस्कृति, सभ्यता र पुरातत्त्विक सम्पदा संरक्षणको दायित्व लिन्छु : सिर्जना सिंह



काठमाडौं महानगरमा नेपाली कांग्रेसको तर्फबाट मेयरको प्रत्यासी सिर्जना सिंहले काठमाडौं महनगरवासीलाई ठुला सपना देखाउने भन्दा पनि व्ववस्थित र सफा काठमाडौं बनाउन प्रमुख भुमिका खेल्ने बताएकि छिन् । शंकरदेव क्याम्पसका पुर्वविद्यार्थी संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै सिंहले यस्तो बताएकि हुन् । उनले काठमाडौंका सडकमा गरिबले पानी खान र शौचालय समेत जान नपाउने अवस्था रहेको बताँउदै मेयर निर्वाचित भएमा सजिलै यस्ता समस्या समाधान गरिने बताईन्।

काठमाडौं बनाउने जिम्मा हाम्रो काँधमा आएकोछ, सोही कारण मलाई काठमाडौंको मेयरको रुपमा पार्टी र गठबन्धनले अगाडि सारेकोछ, ञ सिंहले भनिन्। कांग्रेसको कार्यकर्ता र सिपही भएको बताउदै मैले मेयर निर्वाचित भए भने घोषणापत्र अनुसारनै काम गर्ने उल्लेअ गरिन्। शंकरदेव क्याम्पसका पुर्वविद्यार्थी संघले आयोजना गरेको कार्यक्रममा बोल्दै सिंहले मेरो राजनितीको घर शंकरदेव भएको समेत उल्लेख गरिन्।

२०३३ सालमा गोर्खाबाट कांग्रेसको सदस्यता लिएको बताउदै जनतालाई रैतिबाट जनता बनाउने अभियानको नेतृत्व गरेको परिवारबाट आएको सिंहले बताइन् । मंगलदेवीसिंह को परिवारबाट आएको महिला सदस्य भएकोले महिला र उत्पिडितको हितका लागि म मेयर बन्ने अभियानमा होमिएको उनको भँनाइ थियो । ‘भ्रष्टाचार मुक्त काठमाडौं बनाउने हो, डिजिटल प्रविधिको प्रयोग गरेर घरबाटै सेवा दिने हो’, सिंहले भनिन। घरघरबाटै फोहोरको व्यवस्थापन गर्न सकिने भन्दै सिंहले साना साना समस्याले काठमाडौंलाइ गिज्याउने गरेको बताइन। ‘आय न्यून भएका महिला दिदीबहिनीहरुलाई राहतको व्यवस्था गर्दे स्वरोजगारको व्यवस्था गराउने छु,’ सिंहले भनिन्।

सिंहले पैसा नहुनेलाई काठमाडौं पानी खाने व्यवस्था समेत नरहेको बताउदै सार्वजनिक स्थलमा निशुल्क खानेपानी र शौचालयको व्यवस्था गर्ने र काठमाडौंको सस्कृति, सभ्यता र पुरातत्त्विक सम्पदाको संरक्षण गर्ने बताइन।

प्रकाशित मिति : बैशाख २०, २०७९ मंगलबार  ४ : १२ बजे