भरतपुरमा आज चुनावी सभा, गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने



सत्तारूढ गठबन्धनले आज चितवनमा चुनावी सभा गर्दै छ।

सभामा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, अर्का नेता शेखर कोइरालालगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रकी नेतृ रेणु दाहाललाई अघि सारेको छ । कांग्रेस नेता जगन्नाथ पौडेलले पनि स्वतन्त्र उमेदवारी दिएका छन् ।

प्रकाशित मिति : बैशाख २२, २०७९ बिहिबार  ८ : ३१ बजे