पोखरामा गठबन्धनको अग्रता बढ्दै



पोखरा महानगरपालिकामा गठबन्धन उम्मेद्वारले मतान्तर बढाएका छन् ।

१७ सय मत गणना गर्दा गठबन्धनका उम्मेद्वार एकीकतृ समाजवादीका धनराज आचार्यले ९ सय २ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्प्रधी एमालेका कृष्णबहादुर थापाले ७ सय ३ मत पाएका छन् ।

अहिले वडा नम्बर १, २ र १२ को गणना भैरहेको छ । वडा नम्बर १ एमालेको पकड रहेको वडा हो ।

प्रकाशित मिति : जेष्ठ १, २०७९ आईतबार  ११ : ३९ बजे