नमोबुद्दमा वडाअध्यक्ष श्रेष्ठले गरे वडा कार्यलयलाई नगद तिस लाख र डोजर हस्तान्तरण



काभ्रेको नमोबुद्द वडा न. २ का नबनिर्बाचित अध्यक्ष कबिराज श्रेष्ठले नगद तिस लाख र  एक थान डोजर समेत वडा कार्यलयलाई हस्तान्तरण गरेका छन् ।

चुनाबी फजुल खर्च नगर्ने बरु वार्डमा त्यो पैसा हस्तान्तरण गर्ने प्रतिबद्धता अनुसार रकम र बिकास निर्माणमा सहयोगी बनोस भनेर डोजर हस्तान्तरण गरेको उनले जानकारी दिए ।

लामो समय देखि समाजसेवामा सकृय रहेका श्रेष्ठले खानेपानी,मोटरबाटो र शिक्षामादिएको योगदानकै कारण जितेका स्थानियको बुझाइ छ ।

सरल सहज र मिलन्सार कबिराज श्रेष्ठ नमोबुद्द भरी आदर्श  समाजसेवी ब्यक्तीका रुपमा परिचित छन् ।

मदिराको नशामा डुबेकाले मदिराको लत छोड्ने प्रतिबद्धता जनाएमा ३००० र छोडेको ३ महिना पछि अर्को ३००० दिएर कुलतबाट छुटाउने अभियानले उनलाई लोकप्रिय बनाएको थियो ।

आफू पनि कुनै बेला कुलतको सिकार भएकाले उनले यसलाइ अभियानका रुपमा चलाएका थिए ।

प्रकाशित मिति : जेष्ठ १२, २०७९ बिहीबार  ९ : ३७ बजे