काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समिति गठन गर्न शिर्षनेताहरु सहमत भएका छन ।
यही बिशयमा सहमती नजुट्दा आज ११ बजे बस्ने भनिएको केन्द्रिय समिती बैठक सहमती जुटे रातको ८ बजे पछि सुरु भएको केन्द्रिय कार्यलका सुचना अधिकारी केशब रिजालाले न्यू सञ्चार लाई बताए ।
बैठकले अनुशासन समितिको संयोजक पार्टिका केन्द्रीय सदस्य भिष्मराज आङदाम्बे सदस्यहरु किशोरसिंह राठौर र देवेन्द्रराज कँडेल लाई बनाउने र अरु सदस्यहरु सहमतीमा टुंगाउने निर्णय गरेको छ ।
बैठक भोलि दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने गरी सकिएको छ ।
आजको बैठकमा केन्द्रीय सदस्यहरु बालकृष्ण खाँण, रमेश रिजाल, फरमूल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, भीष्मराज आङ्दम्वे, अजयकुमार चौरिसिया, शंकर भण्डारी, ईश्वरी न्यौपाने, मोहनबहादुर बस्नेत र बीरबहादुर बलायरले आ–आफ्नो धारणा राखेका थिय ।










