बाढी जताततै पानी थियो, तर पिउनलाई एक थोपा पनि थिएन।शनिवार आफ्नो घर बाहिरको दृश्य वर्णन गर्दै रोञ्जु चौधरीले भनिन्।उनी हाल बाढीले ग्रस्त भएको पूर्वोत्तर भारतीय राज्य आसामको दुर्गम गाउँ उडियानाकी बासिन्दा हुन्।
उनले स्मरण गरे अनुसार त्यहाँ लगातार पानी परिरहेको थियो।तीव्र गतिको वर्षाका कारण केही घण्टामै सडक पूर्ण रूपमा डुबे।घरमा पानी पसेपछि परिवारले अन्धकारमा आफूलाई जोगाउन खोजेको उनी बताउँछिन्।दुई दिन बितिसक्दा पनि उक्त परिवार अलपत्र छ।उनीहरूको घर अहिले पानीको समुद्रमा एकान्तको टापुजस्तो देखिन्छ।
हामी चारैतिरबाट बाढीको पानीले घेरिएका छौँ। पिउने पानी पाउन मुस्किल छ। खानेकुराको पनि अभाव छ। अहिले पानीको सतह झन् बढ्दै गएको सुन्छु, चौधरी भन्छिन्।अब हामीलाई के हुने हो ?अस्वाभाविक वर्षा र बाढीले आसममा विनाशका रेखाहरू छाडेको छ।
गाउँहरू डुबानमा परेको छन्, बाली नष्ट भएको छ र घरहरू भत्किएका छन्।अधिकारीहरूका अनुसार उक्त राज्यका ३५ जिल्लामध्ये ३३ वटा बाढीले प्रभावित भएको र कम्तीमा ३४ जनाको ज्यान गएको बताएका छन्।
उनीहरूका अनुसार त्यहाँ ४२ लाखभन्दा बढी विस्थापित भएका छन्।भारी वर्षाको असर छिमेकी राज्य मेघालयमा पनि परेको छ।त्यहाँ गत साता १८ जनाको मृत्यु भएको थियो।बीबीसी नेपालिबाट










