नेपालको चार दिने भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटवार्ता गरेका छन् । काठमाडौंस्थित् होटेल एभरेष्टमा उनीहरूबीच भेटवार्ता भएको हो ।
एमाले अध्यक्ष केपि ओलीको असन्तुष्टि र असहमतिका बाबजुत मंगलबार चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनालसँग भेटवार्ता गरेको हो।
यसअधि विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा (एकीकृत समाजवादी)का नेताहरुसँग भर्चुअल संबाद गरेपछि चिँनिया नेताहरुसँग एमाले अध्यक्ष ओलिले असन्तुष्टि ब्यक्त गरेको समाचारहरु प्रकाशमा आएका थिए।
यसअघि आएका चिनियाँ उच्च अधिकारीहरुले एकीकृत समाजवादीका नेताहरुसँग भेटवार्ता नगरी फर्किए पनि यसपटक चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले समाजवादीका नेताहरुसँग भेटघाट गरेर समाजवादीलाई फरक दलका रुपमा स्वीकार गरेको सन्देस दिएका छन् ।
भेटवार्तामा नेकपा (एकीकृत समाजवादी) को तर्फबाट अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाल, नेताहरू जयन्ती राई, प्रमेश हमाल, गंगालाल तुलाधर, जगन्नाथ खतिवडा र मोहन गौतम सहभागी थिए ।








