नेपाली कांग्रेसको बैठकमा केन्द्रीय समितिका पदाधिकारी र सदस्यको मर्यादाक्रम निर्धारणसम्बन्धी मस्यौदा छलफलका लागि प्रस्तुत गरिएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा सहमहामन्त्री बद्री पाण्डेले मर्यादाक्रम निर्धारणसम्बन्धी मस्यौदा छलफलका लागि प्रस्तुत गरेका हुन् । प्रस्तावउपर सामान्य सुझाव आएको र छलफलपश्चात् पारित हुने उनले बताए ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकमा स्थानीय तहको निर्वाचन–२०७९ को समीक्षा हुनुका साथै सो सम्बन्धमा केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने क्रम जारी छ ।










