उपसभामुखका लागि आज मनोनयन दर्ता, गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल उम्मेदवार



प्रतिनिधि सभाले उपसभामुख पाउने भएको छ । रिक्त उपसभामुखका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका छ ।

उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन आज नै हुनेछ भने मतदान शुक्रबार हुनेछ ।

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाललाई प्रतिनिधि सभाको उपसभामुखको उम्मेदवार बन्ने पक्का भइसकेको कांग्रेसका एक नेताले जानकारि दिए ।

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ ०७६ मा राजीनामा दिएपछि संसद्ले उपसभामुख पाएको छैन ।

संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने प्रावधान छ ।

प्रकाशित मिति : असार ३०, २०७९ बिहिबार  ८ : ३१ बजे