नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले नेपालका कम्युनिष्ट पार्टीहरूलाई वामपन्थी एकतामा आउन आग्रह गरेका छन् । नेपाल–चीन हिमालयमैत्री समाजले आज यहाँ आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था स् चुनौती र अबको बाटो’ विषयक कार्यक्रममा उहाँले वामपन्थीहरू एक हुनुपर्नेमा जोड दिए ।
अध्यक्ष ओलीले भने, “वामपन्थी कोही हुनुहुन्छ भने गठबन्धन छाड्नुहोस्, वाम एकता गरौँ ।” उनले देश, राष्ट्रियता, लोकतन्त्र, स्वाधिनताका लागि वामपन्थी मिल्नुपर्ने बताए । ओलीले मुलुकको आधारभूत मूल्य मान्यता राष्ट्रियता, प्रजातन्त्र, लोकतन्त्र, सुशासन र मुलुकको विकासका लागि सबै दल मिल्नुपर्ने भनाइ राखे । उनले चीन र भारतसँग नेपालले सुमुधुर सम्बन्ध राख्नुपर्नेमा जोड दिए । नेता ओलीले आफ्नो मनमा नेपालसँगै मुलुकको स्वाभिमान, स्वतन्त्रता र नेपाली जनताको उन्नति प्रगतिबाहेक अरु केही नभएको प्रष्टिकरण दिए ।
नेकपा ९माओवादी केन्द्र० का नेता नारायणकाजी श्रेष्ठले वामपन्थी शक्ति एकता भए मात्र मुलुकको स्वाधिनताको रक्षा हुने भन्दै सबैले एकताका लागि पहल लिनुपर्ने बताए । उनले पार्टी एकता तत्काल नभए पनि मोर्चा वा गठबन्धन गर्नुपर्नेमा जोड दिए ।
“हामी वामपन्थी दल एकले अर्कालाई सिध्याउने नाममा आफैँ सिद्धिँदै छौँ”, उनले भने, “वामपन्थी आन्दोलन सकियो भने मुलुक कमजोर हुन्छ ।” नेता श्रेष्ठले मुलुकको असंलग्न परराष्ट्र नीति, कूटनीतिक मामिलामा सबै दलको एक नीति हुनुपर्नेमा जोड दिए । “परराष्ट्र नीतिमा दलबीच सहमति कायम गर्न सक्यो भने कसैले पनि कमजोर पार्न सक्दैन”, उनले भने।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भूराजनीतिक अवस्थाले नेपालको उपस्थिति कमजोर हुँदै गएको बताउँदै परराष्ट्र नीतिमा सबै दल एक मत हुनुपर्ने बताए । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सबै दल मिली परराष्ट्र नीति साझा बनाउनुपर्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देलले छिमेकीसँगको सम्बन्ध पहिले जस्तै हुनुपर्ने भन्दै परराष्ट्र नीतिमा सबै दल एक हुनुपर्ने बताए ।








