बहुमत ल्याउने लक्ष्यसहित आगामी चुनावमा सत्ता गठबन्धनबीच तालमेल गर्ने काँग्रेसको निर्णय,



नेपाली कांग्रेसको जारि केन्द्रीय समिति बैठक सकिएको छ । बैठकले आगामी निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ ।
त्यसका लागि गठबन्धनमा रहेका दलहरूसँग आवश्यक संवाद गरेर थप निष्कर्षमा पुग्ने केन्द्रीय समिति बैठकले निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरणका गर्दै जननताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्नका लागि केन्द्रीय समितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरुसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ ,’ कांग्रेसको निर्णयमा भनिएको छ।

पार्टीलाई आसन्न प्रदेश र प्रतिनिधिसभामा प्रष्ट बहुमततर्फ लक्षित गराउने भन्दै कांग्रेसको निर्णयमा भनिएको छ, संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरणका गर्दै जननताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्नका लागि केन्द्रीय समितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरुसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ ।’

बैठकले भ्रातृ संस्थालाई साउनभित्र पूर्णता दिने गरेको निर्णय गरेको छ । साथै विभिन्न नयाँ भ्रातृ तथा सुभेच्छुक संस्थालाई मान्यता दिएको छ ।

 

प्रकाशित मिति : श्रावण २, २०७९ सोमबार  ५ : ३१ बजे