पूर्वअर्थमन्त्री शर्मा बयान दिन सिंहदरबारमा



पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग संसदीय विशेष छानबिन समितिले सोधपुछ सुरु गरेको छ । ‘सीसीटिभी फुटेज प्रकरणबारे बयान लिन संसदीय विशेष छानबिन समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई ‘छलफल गर्न’ भन्दै आज बिहीबार बिहान साढे ८ बजे उपस्थित हुन निर्देशन दिएको थियो ।

निवर्तमान अर्थमन्त्री शर्मामाथि बजेट सार्वजनिक हुने अघिल्लो रात गत १४ जेठमा ‘अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराई करका दर हेरफेर गरेको’ आरोप लगाइएको छ । निश्चित व्यापारिक घरानालाई फाइदा हुनेगरी बजेट निर्माण गरेको विषयमा ‘थप बुझेर छलफल गर्न बोलाइएको’ समिति सचिवालयले जनाएको छ ।

समितिका अनुसार आज बिहीबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक भएको र समितिको समयावधि थप गर्नेबारे पनि छलफल गर्नुपर्ने भएकाले ‘शर्मासँग मात्रै छलफल गर्न बिहानको समय निर्धारण गरिएको’ हो ।

यसअघि, गत मंगलबार समितिले बजेट निर्माणमा संलग्न अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीसहित १० जनासँग छलफल गरिसकेको छ ।

प्रकाशित मिति : श्रावण ५, २०७९ बिहिबार  ८ : ५२ बजे