प्रेस युनियनको नवनिर्वाचित केन्द्रीय कार्यसमितिद्वारा पदभार ग्रहण



नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनबाट नव निर्वाचित केन्द्रीय कार्यसमितिले प्रमाणपत्र तथा पदभार ग्रहण ग्रहण गरेको छ ।

नेपाल प्रेस युनियन काठमाडौंले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले नव निर्वाचित पदाधिकारी खादा ओढाएर सम्मान गरेका हुन् । महतले प्रमाणपत्र प्रदान गर्दै आपसी प्रतिस्पर्धालाई विचारको लडाई नभएर प्रतिस्पर्धाको लडाइँको रूपमा लिन आग्रह गरेका थिए ।

अहिलेको अवस्थामा सबै एकताबद्ध भएर अगाडि बढ्न आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष बद्री सिग्देल, युनियनका संस्थापक रमेश तुफानलगायतले नवनिर्वाचित पदाधिकारीलाई शुभकामना तथा बधाई दिएका थिए ।

निवर्तमान अध्यक्ष बद्री सिग्देलले नवनिर्वाचित अध्यक्ष शिब लम्साललाइ पद हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : श्रावण १३, २०७९ शुक्रबार  ८ : २४ बजे