पछिल्लो २४ घण्टामा थप ८१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पाँच हजार ४१५ वटा नमुना परीक्षण गर्दा ८१४ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये २ हजार ७६२ जनाको पीसीआर परीक्षण गर्दा ५०९ जना र २ हजार ६५३ जनाको एन्टीजेन परीक्षण गर्दा ३०५ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
आज २९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार १४४ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।










