प्रदिप पौडेलको प्रश्न : अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य घट्दा नेपालमा किन घटेन ?



नेपालि कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पोडेलले पेट्रोलियम पदार्थको मुल्य घटाउन सरकारसँग माग गरेका छन । नेता पौडेलले अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको तथ्यहरु सार्वजनीक भइरहँदा नेपालमा मुल्य नघटाइएको प्रती चासो प्रकट गर्दै मुल्य समायोजन गर्न माग गरेका हुन ।

‘इन्धन खरिदबिक्रीका लागि नेपालले अन्तराष्ट्रिय मूल्य समायोजनमा आधारित स्वचालित प्रक्रिया अपनाउदा अन्तराष्ट्रिय बजारमा मूल्य घट्दा सोही आधारमा नेपालमा मूल्य किन घटेन’ ? पौडेलले प्रश्न गरेका छन् ।उनले डिजेल पेट्रोल साथै महँगी नियन्त्रण लगायतका नागरिकका जीवनका अति आवश्यक कुरामा गम्भीर बन्न सरकारलाइ आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा पौडेलले लेखेका छन- ‘इन्धन खरिदबिक्रीका लागि नेपालले अन्तराष्ट्रिय मूल्य समायोजनमा आधारित स्वचालित प्रक्रिया अपनाएको छ।अन्तराष्ट्रिय बजारमा मूल्य घटेको तथ्यहरु सार्वजनीक भइरहँदा सोही आधारमा मूल्य किन घटेन ? डिजेल पेट्रोल साथै महँगी नियन्त्रण लगायतका नागरिकका जीवनका अति आवश्यक कुरामा सरकार गम्भीर बनोस्।’

प्रकाशित मिति : श्रावण १८, २०७९ बुधबार  ४ : १९ बजे