मेक्सिकोसगको सीमामा पर्खाल लगाउन अमेरिकी रक्षा मन्त्रालयले छुट्यायो १ अर्ब डलर



वासिङ्टन,एजेन्सि-

अमेरिकी रक्षा मन्त्रालयले मेक्सिको सीमामा पर्खाल निर्माण गर्न एक अर्ब डलर निकासा गरेको छ । यस अघिनै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमामा आपतकालीन स्थितिको घोषणा गरी प्रतिरक्षा बजेट सीमामा पर्खाल निर्माण गर्ने विवादास्पद निर्णय गरेका थिए ।

राष्ट्रपति ट्रम्पको सीमा पर्खालका निम्ति संसदबाट बजेट स्वीकृत भएको छैन भने आपतकालीन घोषणाप्रति पनि अमेरिकी कङ्ग्रेसमा सहमति जुट्न सकेको छैन ।विपक्षी डेमोक्र्याटिक पार्टीले राष्ट्रपतिले संवैधानिक प्रावधानलाई दुरुपयोग गरी विशेषाधिकार (भिटो) प्रयोग गरेको भन्दै अदालतमा उजूरी समेत दिएको छ ।

राष्ट्रपति ट्रम्पले मेक्सिको सगको सिमानामा पर्खाल लगाउने कुरा चुनाब अघाडी देखी नै उठाउदै आएका थिय ।

राष्ट्रपति कार्यलय ह्वाइट हाउसले सन् २०२० को बजेट प्रस्तावमा पर्खाल निर्माणका लागि महत्वाकाँक्षी करिब ९ अर्ब डलर माग गर्ने तयारी गरेको छ । यसै वर्ष राष्ट्रपति ट्रम्पले उक्त पर्खाल निर्माण गर्न करिब ६ अर्ब डलर माग गरेका थिए । तर अमेरिकी संसदले राष्ट्रपतिको उक्त प्रस्ताव अस्वीकार गरिरहेको छ ।

प्रकाशित मिति : चैत्र १२, २०७५ मंगलबार  ९ : ०९ बजे