प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची



प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे शुरू छ ।

आजको बैठकमाअर्थमन्त्री जनार्दन शर्माले ‘अर्थ समितिको प्रतिवेदनसहितको बिमा विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
साथै अर्थमन्त्री शर्माले ‘अर्थ समितिको प्रतिवेदन सहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल पश्चात पारित गरियोस्,’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

तेस्तै आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले राष्ट्रिय सभाको सन्देश सहितको ‘स्टान्डर्ड नाप र तौल ९पाँचौं संशोधन० विधेयक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

आजका सम्भावित कार्यसूचीमा राष्ट्रियसभाको सन्देशसहितको ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात ९व्यवस्थापन० प्राधिकरण विधेयक, २०७६’ को दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने उल्लेख छ ।

प्रकाशित मिति : श्रावण २९, २०७९ आइतबार  ८ : ०६ बजे