काठ्माण्डौ,एजेन्सि-
जेट एअरवेजका पायलटहरुले जुन् १ अप्रिलदेखि उडान नभर्ने सामुहिक निर्णय गरेका छन । एयरवेज आर्थीक समस्यामा फसेकाले पायलटहरु समेत इन्जिनियरहरु र एयरवेजका वरिष्ठ अधिकारीहरुले करीब चार महिनादेखि तलब पाएका छैनन । हड्तालामा उत्रेका पायलटहरुले एयरवेज ब्यबस्थापनले भरपर्दो सुधारको खाका दिनुपर्ने यस अघिदेखिनै माग गर्दै आएका थिय ।
एअरवेजका करीब ११ सय पायलटहरुको प्रतिनिधित्व गर्ने संगठन नेशनल एविएटर्स गिल्डले लामो समय आफुहरुको तलबको भुक्तानी नभएको र ३१ मार्चसम्म सुधारको योजना स्पष्ट नभएमा एक अप्रिलदेखि सबै उडान बहिस्कार गर्ने निर्णय गरेका हुन ।
लागातार घाटामा गएपछी अहिले एअरवेज कम्पनिका मुख्य ब्यबस्थापकहरु र एअरवेज लाई लागानी गर्ने बैङ्कहरु बिच कसरी एअरवेज लाई सहज अवस्थामा ल्याउने भन्ने बिशयामा मतभेद रहेको र एअरवेज सञ्चालन सहज बनाउने बिशयमा छलफल चलिरहेको भारतिय सञ्चारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन ।