फिलिपिन्समा आँधीः हजारौँलाई सुरक्षित क्षेत्रमा लगियो



फिलिपिन्सको पूर्वी टापुमा आएको सुपर टाइफुनपछि हजारौं मानिसलाई सुरक्षित क्षेत्रमा लगिएको छ । आँधीपछि उक्त क्षेत्रका विद्यालय तथा सरकारी कार्यालयहरू बन्द गरिएको छ ।

टाइफुन नोरुले देशको ११ करोड जनसंख्याको आधाभन्दा बढी जनसंख्या बसोबास गर्ने प्रमुख टापु लुजोनमा २४० किलोमिटर प्रतिघण्टा ९१४९ माइल प्रतिघण्टा० सम्मको आँधी आएको छ ।

लुजोनको पश्चिमी भूभागमा पुगेपछि आँधीले ‘विस्फोटक तीव्रता’ अनुभव गरेको मौसमविद्हरूले बताएका छन् । आँधीले पहिरो, अचानक बाढी र खतरनाक आँधीबेहरी निम्त्याउन सक्ने चेतावनी दिइएको छ ।

प्रभावित क्षेत्रका ८४ हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित क्षेत्रमा सारिएको छ भने राजधानी मनिलाका क्षेत्रहरूमा गम्भीर बाढी को चेतावनी दिइएको छ ।

प्रकाशित मिति : आश्विन १०, २०७९ सोमबार  १० : ३८ बजे