उमेदवारविरुद्ध उजुरीको समय आज दिउँसो ३ बजेसम्म, उमेदवारको अन्तिम नामावली बुधबार आउने



आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उमेदवारविरुद्ध आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न दलबाट तथा स्वतन्त्र उमेदवारी दिएका व्यक्तिको विरोधमा उजुरी दिन सकिने आयोगले जनाएको छ ।

आज उजुरी परेका उमेदवारहरुको उजुरीउपर छानविन तथा उमेदवारी फिर्तालगायत प्रक्रिया पूरा गरेपछि बुधबार उमेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगले जनाएको छ ।

प्रकाशित मिति : आश्विन २४, २०७९ सोमबार  ८ : ५८ बजे