रसुवाका जनताको जीवनस्तर सुधार्ने उद्देश्य छ : नेता आचार्य



नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन आचार्यले रसुवाली जनताको जीवनस्तरमा सुधार ल्याउनु आफ्नो मूल उद्देश्य रहेको बताए । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी मनोनयनपछि आज आयोजित कोणसभामा उहाँले विगतमा समुन्नत रसुवा निर्माणका लागि आफूले अगाडि सारेका विभिन्न योजना पूरा गर्ने बताए ।

रसुवाकै महत्वपूर्ण योजनका रुपमा रहेको नौकुण्ड खानेपानी आयोजनाको काम नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकार गठन भएपछि अहिले वातावरण प्रभाव मूल्याङ्कनको चरणमा पुगेको उनले बताए । केन्द्रदेखि प्रदेशसम्म सबैतिर सत्तारुण गठबन्धनकै पक्षमा माहोल रहेकाले समुन्नत रसुवा निर्माणका लागि कांग्रेस–माओवादी गठबन्धलाई अत्यधिक मत दिएर विजय गराउन उहाँले सबै मतदातालाई आग्रह गरे।

नेपाली कांग्रेसका नेता एवं रसुवा(क) का प्रदेशसभा सदस्यका प्रत्यासी प्रभात लामाले रसुवाको समग्र विकास गर्न आफू प्रतिबद्ध रहेको बताए । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं रसुवा(ख)_ का प्रदेशसभा सदस्य प्रत्यासी इन्द्र गौतम (जगतजङ्ग) ले कांग्रेस माओवादी गठबन्धले मात्र समृद्ध रसुवा निर्माणको आकाङ्क्षालाई मूर्तरुप दिनसक्ने भएकाले कांग्रेस–माओवादी गठबन्धका पक्षमा मतदान गर्न आग्रह गरे।

प्रकाशित मिति : आश्विन २४, २०७९ सोमबार  ४ : ४७ बजे