काठमाडौं, २६ असोज । आगामी निर्वाचनमा नेपाली कांग्रेसबाट नेताकाठमाडौं-५ मा उम्मेदवार बनेका प्रदिप पौडेलले पार्टीका बौद्धिक नेता नरहरि आचार्यसँग भेटेर आर्शिवाद लिएका छन् ।
पौडेलले आचार्यलाई भेटेर निर्वाचनको लागि आर्शिवाद लिएका हुन् । सो क्रममा नेता आचार्यले पौडेललाई जितको लागि अग्रिम शुभकामना दिएका छन् ।
भेटको क्रममा नेता आचार्यले काठमाडौं क्षेत्र नम्बर ५ का आम नागरिक विवेकशील , निष्ठावान र सचेत रहेको उल्लेख गर्दै परिवर्तनको पक्षमा, सत्यको पक्षमा, विवेकपूर्ण न्यायको पक्षमा समर्पित उक्त क्षेत्रका बासिन्दाले पौडेललाई नेतृत्व सुम्पने छन् भन्ने कुरामा विश्वस्त रहेको बताएका थिए । यस्तै, आचार्यले पौडेललाई जनचाहनाअनुसार काम गर्न पनि सुझाव दिएका छन् ।
भेटघाटको क्रममा आचार्यले जनचाहना अनुरुप स्थानिय , रास्ट्रीय र अन्तरास्ट्रीय मुद्दामा सधै नागरीकको पक्षमा अडीग रहेर अगाडि बढन पनि सुझाव दिए ।










