नेपाली कांग्रेसले बागि उमेदवारी दिएका पार्टीका नेता कार्यकर्ताहरूलाई कारबाही गरेको छ । कांग्रेसले गठबन्धनका आधिकारीक उम्मेदवार विरुद्ध उम्मेदवारी दिनेलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको हो ।
बागि उम्मेदवार र उनीहरुका प्रस्तावक तथा समर्थक बसेकालाई पार्टीबाट कारबाही गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उनीहरूलाई पार्टीको सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निष्कासन गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
‘सत्तारुढ गठबन्धनदलहरु र मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी बीच भएको सहमति अनुरुप नेपाली कांग्रेस पार्टीका आधिकारीक उम्मेदवार लगायत सत्तारुढ गठबन्धन दल तथा मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीका बीच भएको सहमतिका आधिकारीक उम्मेदवार विरुद्ध उम्मेदवारी दिइ तोकिएको मिति र समय भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थकलाई नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ (१) (घ) उल्लघन गरेकोमा धारा ३४ (४) (क) अनुसार नेपाली काँग्रेसको सदस्य समेत नरहने गरी ५ बर्षका लागि निस्कासन गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरीन्छ।’मुख्यसचिव पौडेलले जारि गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।










