यो पटक मौका दिनुस्, अर्को चुनावमा खोजी-खोजी भोट हाल्ने स्थिति बनाउँछु : प्रदीप पौडेल



नेपाली कांग्रेसबाट काठमाडौं ५ का उम्मेदवार प्रदीप पौडेलले एकपटक अवसर दिए अर्को पटक भोट माग्न नपर्ने गरी काम गर्ने बताएका छन् ।

शुक्रबार काठमाडौं ५ क को क्षेत्रीय समितिले गरेको कार्यक्रममा उनले भने, ‘हामी प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ, हामीलाई मौका दिनुस्, हामीले अर्को चुनाव लड्दै गर्दा हामीले भाट मागिरहनु पर्दैन । हामीलाई खोजीखोजी भोट हाल्ने स्थिति हामी निर्माण गर्न चाहन्छौँ ।’

उनले चुनाव जित्नेले जनविरोधी काम गरेको बताए । ‘कसैले धेरै फूर्ति नगरे हुन्छ । चुनाव जित्ने अनि जनताको पक्षमा काम नगरी जनविरोधी काम गर्नेहरूले यो क्षेत्रमा केही गरेका छैनन्,’ उनले भने ।

राजनीति निष्ठ, इमान, नयाँ संस्कृति र संस्कार विकसित गर्नका लागि हो भन्ने कुरा हामीले समाजमा स्थापित गर्न सक्नुपर्ने भन्दै उनले समाजलाई परिवर्तनको बाटोमा लिएर जाने प्रक्रियाको नेतृत्व कांग्रेसलेनै गर्ने दाबि गरे ।

प्रकाशित मिति : आश्विन २८, २०७९ शुक्रबार  २ : २७ बजे