पाँच दलीय सत्ता गठबन्धनले सातै प्रदेशमा गर्ने चुनाव लक्षित भेला आजबाट सुरु हुने भएको छ ।
गठबन्धनले ’संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारा दिएर सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम आजबाट गठबन्धनले भेला गर्न लागेको हो ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार आज ११ बजे पोखरामा भेला हुनेछ । आजै बुटवलमा २ बजे गठबन्धनको भेला हुने जनाइएको छ ।
तेस्तै भोलि विराटनगर र जनकपुरमा भेला हुदैछ भने कात्तिक ६ गते –धनगढी र सुर्खेतमा र कात्तिक ७ गते – काठमाडौंमा भेला हुदैछ










