कांग्रेसको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित



नेपाली कांग्रेसले घोषणा पत्र सार्वजनिक कार्यक्रम स्थगित गरेको छ । अर्को सूचना नहुञ्जेलसम्मका लागि सङ्कल्प पत्र सार्वजनिक कार्यक्रम स्थगन गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिज्ञप्तिमार्फत जानकारी गराएका छन ।

कांग्रेसले आज विहान १० बजे पार्टी कार्यालय सानेपामा घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम राखेको थियो ।सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाबाट शेरबहादुर देउवाबाट आइतबार नै सार्वजनिक गरिने भनिएको थियो ।सभापति एवं प्रधानमन्त्री देउवा गठबन्धनको चुनावी अभियानका क्रममा राजधानि बाहिरका कार्यक्रममा व्यस्त भएपछि सङ्कल्प पत्र सार्वजनिक कार्यक्रम सर्दै आएको छ ।

महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा कांग्रेसले घोषणापत्र तयार पारेको छ ।

प्रकाशित मिति : कार्तिक ७, २०७९ सोमबार  ९ : २९ बजे