भादगाउँ - सिद्धपोखरीले समेत परिचित भक्तपुरको इन्द्रदहमा आज बिहानैदेखि श्रदालु भक्तजनको भीड लागेको छ। इन्द्रदहमा स्नानगरी इन्द्रजात्राको अवसरमा शुक्रबार साँझ खौमाबाट बाजागाजासहित ल्याइएको इन्द्रायणीदेवी दर्शन, पूजाआजा गर्ने भक्तजनको भीड लागेको हो।यसअघि भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी देवीलाई खट जात्रा गर्दै नगरपरिक्रमा गराई इन्द्रदह ल्याइएको थियो। इन्द्रदहमा दीपावली गरी इन्द्रायणी देवीलाई इन्द्रदहमा विराजमान गराइएको थियो। देवीलाई आज…