जनकपुर । आज छठ पर्व अन्तर्गतको मुख्य दिन (सँझिया अर्घ) हो । यो पर्वको अवसरमा बिहानैदेखि जनकपुरका नदी, तलाउ र पोखरीहरुमा श्रद्धालुहरुको भिड छ ।आज बिहानदेखि ब्रत बसेका ब्रतालुले साँझ पवित्र जलाशयमा सजाइएको घाटमा मिष्ठान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिनेछन् । यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सँझिया घाट’ र ‘सझुका अरख’…