पशुपतिनाथमा बिहानैदेखि श्रद्धालु शिवभक्तको घुँईचो (फोटो फिचर)

काठमाडौं । साउने सोमबार देशभरका शिवालयमा हिन्दू धर्मालम्वीहरुले भीड लागेको छ । सोमबार भगवान शिवको पूजा आराधना गरी व्रत बस्ने प्रचलन रहिएको छ । शिव दर्शन,पूजा आराधना एवम मनोकामना पूरा गर्न बिहानैबाट पशुपतिनाथमा पनि भक्तजनको भीड लागेको छ । यस महिनामा भगवान शिवको विधिपूर्वक पूजा गर्दा उनको सबैभन्दा प्रिय वस्तु बेलपत्र अर्पण गर्ने प्रचलन छ…