स्वास्थ्य सुरक्षाबिनै यात्रा,अधिकांश सवारीसाधनमा सेनिटाइजर छैन

काठमाडौँ । रजनी तामाङ शंखमूल–चाबहिल रुटमा टेम्पो चलाउँछिन् । मास्क लगाए पनि उनको हातमा पन्जा थिएन । चाबहिल जान बुधबार दिउँसो उनको टेम्पोमा चढ्दा अन्य यात्रु थिएनन् । उनले दिउँसो खासै यात्रु नपाइने बताइन् ।‘अफिस टाइममा साँझ–बिहान यात्रु धेरै पाइन्छन्,’ उनले भनिन्, ‘तर ६ जनाभन्दा बढी चढाउँदा ट्राफिकले समातिहाल्छ ।’ टेम्पोमा अगाडि सिटमा चालक मात्रै बस्न पाउने भए पनि उनले…