प्रभावकारी बनेन अनलाइन शिक्षा

काठमाडौँ । कोरोना भाइरसको सङ्कटको बेला भौतिक कक्षाको विकल्पका रूपमा सञ्चालन गरिएको अनलाइन शिक्षा अपेक्षाजस्तो प्रभावकारी पहुुँच हुन सकेको छैन । सामुदायिकलगायत धेरै विद्यालयमा अनलाइन कक्षा प्रारम्भ नै हुन सकेको छैन भने निजी क्षेत्रमा पनि राजधानीबाहिर विद्यार्थीको उपस्थित राम्रो छैन । खासगरी सामुदायिक विद्यालयका अधिकांश विद्यार्थी अझै सम्पर्कमा आउनै सकेका छैनन् भने सरकारी विद्यालयका शिक्षकले…