बाँके । एकजना मृतकसहित २८२ जनामा सङ्क्रमण देखिएको बाँकेमा पछिल्लो समय कोरोना जितेर घर फिर्ता हुनेको सङ्ख्या बढ्न थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेशमान श्रेष्ठका अनुसार बिहीबारसम्म १५५ जना कोरोना जितेर घर फिर्ता हुनुभएको छ । बिहीबार कोहलपुरको पिपिरीमा रहेको कृषि विकास बैङ्क तालिम केन्द्रको एकान्तवासबाट नरैनापुरका १९ र खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर…