काठमाडौं । केही समयअघि बंगाल खाडीसम्म आएको सामून्द्रिक आँधी अम्पुन प्रभाव सकिनेबित्तिकै अरब सागरमा फेरि अर्को सामून्द्रिक आँधी विकास भइरहेको मौसमविद्ले बताएका छन् । यसरी सामून्द्रिक आँधी विकास भइरहेकोले नेपालमा फेरि अर्को चक्रवातको असर पर्ने भएकाले यस वर्षको मनसुन समयमै सुरु हुने उनीहरुले बताएका छन् । हाल दक्षिण–पूर्वी अरब सागरमा रहेको न्यून चापीय प्रणाली उत्तरतर्फ…