काठमाडौं । कालापानी क्षेत्र अतिक्रमण गरेर सडक खनेको भनेर नेपालभर भारतको चर्को आलोचना भइरहेको बेला सरकारले दार्चुलाको व्यास नगरपालिकास्थित छाङरुमा सीमा पोस्ट स्थापना गरेको छ । छाङरु कालापानीको अतिक्रमित भूमिबाट १२ किलोमिटर तल पर्छ । त्योभन्दा माथि नेपाली भूमि कालापानी, नावी र नावीढाङमा भारतीय फौजका ८ क्याम्प छन् । अतिक्रमित भूमि फिर्ताको माग गर्दै आन्दोलन भइरहेका बेला कम्युनिस्ट…