काठमाडौं । नेपालमा दुई महिनाको शिशुलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसअघि नेपालगन्जमा सात वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको थियो । बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा दुई महिनाको शिशुसहित १७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाले पर्साका १७ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या ९९ पुगेको…