राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतले गरे वसन्त श्रवण

आज वसन्त पञ्चमीको अवसरमा काठमाडौंको वसन्तपुरमा आयोजित वसन्त श्रवण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा लगायतले वसन्त श्रवण गरेका छन । वसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुख एवं विभिन्न उच्च पदस्थ व्यक्तिहरुको उपस्थितिमा हुने वसन्त श्रवण कार्यक्रम यो वर्ष १०ः१७ बजे हनुमानढोका स्थित नासल चोकमा…