पितृपक्ष शुरु : घरघरै दिवङ्गत आफन्तको श्राद्ध गरिँदै

असोज कृष्णपक्षको प्रारम्भसँगै हिन्दू परम्पराको पितृपक्ष आजदेखि शुरु भएको छ । यसअघि वार्षिक श्राद्ध ९बरखी० गरिएका दिवङ्गत परिवारजनलाई सम्झेर तर्पण र पिण्ड दिइने असोज कृष्णपक्षलाई सोह्रश्राद्ध पनि भन्ने गरिन्छ । मैथिल हिन्दू परम्परामा यो पक्षभरि तीर्थस्थलमा गएर दिवङ्गतजनको सम्झनामा श्राद्ध गरेर तर्पण, पिण्ड दिने गरिन्छ । यसपटक भने कोभिड–१९ महाव्याधिको सङ्क्रमण छल्न मिथिला क्षेत्रका जताततै…